काठमाडौं, कात्तिक २०। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्नुहुने भएको छ।
प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन हिजो सम्पन्न भएको थियो। अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ।
नवनिर्वाचित नेतृत्वको आज शपथ ग्रहण कार्यक्रमसमेत तय गरिएको छ। सोही अवसरमा अध्यक्ष ओलीले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।














प्रतिक्रिया दिनुहोस्