काठमाडौं, कात्तिक २० । सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन् । ट्रक र स्कुटर ठोक्किएपछि आगलागी हुँदा दुवै सवारी साधन पूर्ण रूपमा जलेको छ । कमलामाई नगरपालिका– ८ करकरेमा काठमाडौंबाट भिमानतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ख १२३६ नम्बरको ट्रकले रानीबासबाट सिन्धुलीतर्फ जाँदै गरेको अल्फाबेट नखुलेको १२७८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परी स्कुटर चालक कमलामाई नगरपालिका–१३ रानीबासकी ३४ वर्षीया सृजना अधिकारी र पछाडि सवार उनको श्रीमान् ४४ वर्षीय हेमराज बख्रेल घाइते भएको सिन्धुलीका डीएसपी विजय श्रेष्ठले जानकारी दिनुभयो । उहाका अनुसार ट्रक र स्कुटर ठोक्किएपछि एक्कासि आगलागी भएको छ ।
ट्रक र स्कुटर ठोक्किएर जले, २ जना घाइते














प्रतिक्रिया दिनुहोस्