जनता टाइम्स

२० कार्तिक २०८३, शुक्रबार ०७:५५

दानबहादुर कार्कीको रिट दर्ता हुने–नहुने निर्णय आज


काठमाडौं, कात्तिक २० । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबीसहित सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता हुने–नहुने टुंगो आज लाग्ने भएको छ ।

कार्कीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको थियो । तर, अध्ययनकै क्रममा रहेको भन्दै उक्त रिट बिहीबार दर्ता भएको थिएन ।

सर्वोच्च अदालतले रिट दर्ता गर्ने वा नगर्ने निर्णय आज गर्ने जनाएको छ । रिट दर्ता भए पनि त्यसको सुनुवाइ भने तिहारपछि मात्रै हुने देखिएको छ ।

सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको भन्दै कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको हो ।