काठमाडौं, कात्तिक २० । सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग संसदीय सुनुवाइ समितिले आज छलफल गर्ने भएको छ ।
समितिले बिहान ९ः३० बजेदेखि उजुरीकर्तासँग छलफल गर्ने तयारी गरेको छ । प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् ।
समितिको बिहीबार बसेको बैठकमा प्रस्तावित न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेका उजुरी खोलिएको थियो ।
न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि उनीहरूको नाम सिफारिस गरेको हो । संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।














प्रतिक्रिया दिनुहोस्