काठमाडौं, कात्तिक २० । देशका चार प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ ।
दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदली हुने अनुमान छ ।
राति कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने विभागले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।














प्रतिक्रिया दिनुहोस्