जनता टाइम्स

२२ कार्तिक २०८३, आइतबार १९:३९

देउवा कांग्रेसले सक्यो ३९ जिल्ला अधिवेशन : कुन जिल्लामा को भए सभापति ? (सूचीसहित)


काठमाडौं, कात्तिक २२ । समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।

देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीका अनुसार हालसम्म ३९ जिल्लामा अधिवेशन सम्पन्न गरेर नयाँ कार्यसमिति चयन गरिएको हो । देउवा समुहले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

सो समूहले कात्तिक मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने समयसीमा तोकेको छ । सोहीअनुसार धमाधम जिल्ला अधिवेशन सम्पन्न भइरहेको चुनदेवी कार्यालयको भनाई छ ।

यी हुन् ३९ जिल्लाका सभापति :

१. ताप्लेजुङ – अमर बहादुर सेन्दाङ
२. झापा – कृष्ण हुमागाईं
३. संखुवासभा – रामकुमार जिमी
४. भोजपुर – धर्मराज राई
५. खोटाङ – रोजेन राई
६. धनुषा – कोमलकान्त झा
७. बारा – राजेशराय यादव
८. सिन्धुपाल्चोक – बालकृष्ण बस्नेत
९. चितवन – मिलनबाबु श्रेष्ठ
१०. कास्की – ऋषिराम काफ्ले
११. पर्वत – यमबहादुर मल्ल (रामकृष्ण)
१२. स्याङ्जा – इन्द्रबहादुर गोदार
१३. म्याग्दी – हिराबहादुर पुन
१४. कपिलवस्तु – राजेश सिंह
१५. अर्घाखाँची – बाबुराम पौडेल
१६. रोल्पा – मानबहादुर खत्री
१७. प्युठान – देवेन्द्र बर्मा
१८. दाङ – गोपालराज शर्मा
१९. रुकुम (पश्चिम) – नन्दबहादुर विष्ट
२०. सल्यान – दीपक चन्द
२१. जुम्ला – नेत्रकला शाही
२२. मुगु – तिलक मल्ल
२३. हुम्ला – सूर्यबहादुर शाही
२४. कालिकोट – नगेन्द्र विष्ट
२५. दैलेख – दिनेशकुमार हमाल
२६. डोटी – बाजिसिंह खड्का
२७. दार्चुला – सुरेन्द्रराज अवस्थी
२८. बैतडी – वीरबहादुर विष्ट
२९. बझाङ – हर्कजंगबहादुर सिंह
३०. उदयपुर – बसन्तकुमार बस्नेत
३१. रसुवा – उपेन्द्र लम्साल
३२. बाँके – प्रमोद श्रेष्ठ
३३. जाजरकोट – रामजंग शाह
३४. डडेलधुरा – डिल्लीराम जोशी
३५. बाजुरा – धनराज पण्डित
३६. काभ्रेपलाञ्चोक – रमेशप्रसाद हुमागाईं
३७. गुल्मी – वेदबहादुर थापामगर
३८. बर्दिया – जग्गाप्रसाद पाण्डे
३९ ओखलढुंगा – डेकराज भट्टराई