जनता टाइम्स

२२ कार्तिक २०८३, आइतबार १५:११

भक्तपुरको सिपाडोलमा विशेष देउसीभैलो कार्यक्रम, मुख्यमन्त्री किरण थापा पनि सहभागि


भक्तपुर, कात्तिक २२ । शुभ दीपावली, नेपाल संवत् नयाँ वर्ष ११४७ तथा छठ पर्वको अवसरमा भक्तपुरको सिपाडोलमा विशेष देउसीभैलो कार्यक्रम आयोजना गरिएको छ।

सिपाडोल क्षेत्र परोपकार समाजको आयोजनामा चाँगुनारायण नगरपालिका–८, सिपाडोलस्थित खापिथलीमा कार्यक्रम आयोजना गरिएको हो। बागमती प्रदेशका मुख्यमन्त्री माननीय किरण थापा मगरको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लोकगायक भीमसेन खतिवडा र लोकगायिका स्मृति गौतमले सांगीतिक प्रस्तुति दिनुभएको छ।

कार्यक्रममा बाेल्दै मुख्यमन्त्री थापाले  देउसीभैलो नेपाली समाजको मौलिक सांस्कृतिक परम्परा भएकाले यस्ता कार्यक्रमले सामाजिक सद्भाव, आपसी भाइचारा र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने बताउनुभयाे । 

सिपाडोल क्षेत्र परोपकार समाजले शुभ दीपावली, नेपाल संवत् नयाँ वर्ष तथा छठ पर्वको अवसर पारेर स्थानीय समुदायलाई सांस्कृतिक गतिविधिमार्फत एकताबद्ध गर्ने प्रयास स्वरूप कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा एक आपसमा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।