जनता टाइम्स

२२ कार्तिक २०८३, आइतबार ०७:१२

पाँच प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौं, कात्तिक २२ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज पाँच प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

नेपाल मौसम विज्ञान विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र कोसी तथा वाग्मती प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

राति पनि गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागसहित अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ । तराई, उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने विभागले जनाएको छ ।