जनता टाइम्स

२१ कार्तिक २०८३, शनिबार १८:४२

आईजीपीबाट हटाउँदा दानबहादुर कार्कीमाथि अन्याय भयो, सर्वोच्चले न्याय दिने विश्वास छ : प्रचण्ड


काठमाडौं, कात्तिक २१ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीमाथि सरकारले अन्याय गरेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आईजीपी प्रकरण सर्वोच्च अदालतमा पुगेकाले अदालतले कार्कीलाई न्याय दिने विश्वास व्यक्त गर्नुभयो ।

प्रचण्डले सरकारविरुद्ध आन्दोलनको तयारीका लागि विभिन्न राजनीतिक दलसँग छलफल भइरहेको पनि जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रिय जागरण अभियान सम्पन्न भएपछि त्यसको समीक्षा गरी आन्दोलनका आगामी कार्यक्रम तय गरिनेछ । आन्दोलनका विषयमा एमाले, कांग्रेसलगायत संविधान निर्माण र शान्ति प्रक्रियामा सहभागी दलहरूसँग छलफल भइरहेको उहाँले बताउनुभयो ।

सबै दललाई एक ठाउँमा ल्याएर अघि बढ्नुपर्ने आफ्नो पार्टीको बुझाइ रहेको उल्लेख गर्दै प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभयो । उहाँले सरकार झिलिमिलीमा रमाएको टिप्पणी गर्नुभयो ।