काठमाडौं, कात्तिक २१ । गृहमन्त्री सुदन गुरुङ आफ्नै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको मञ्च छाडेर बाहिरिएका छन् ।
रास्वपा गोरखा–काठमाडौं सम्पर्क विभागले आयोजना गरेको कार्यक्रममा सहभागी गुरुङ केही समयपछि मञ्चबाट बाहिरिएका हुन् ।
बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेताहरू मञ्चमा बसेर भाषण गर्ने र जनता सुन्ने परम्परागत राजनीतिक शैली बदल्नुपर्ने बताउनुभयो ।
मतदातालाई आफ्नो परिवारका सदस्यसरह मानेर भेट्नुपर्ने र उनीहरूका समस्या सुन्नुपर्ने उहाँको भनाइ थियो ।
भाषणले मात्रै देश बन्ने भए देश धेरै अघि बढिसक्ने उल्लेख गर्दै उहाँले औपचारिक भाषणभन्दा जनतासँग प्रत्यक्ष संवाद र उनीहरूका समस्या बुझ्नु महत्त्वपूर्ण रहेको बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्