जनता टाइम्स

२१ कार्तिक २०८३, शनिबार १८:४४

सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन


काठमाडौं, कात्तिक २१ । सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावित चार जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशहरू रत्नबहादुर वागचन, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो ।

समिति सभापति वोधनारायण श्रेष्ठले चारै जनाको नाम सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि अनुमोदन भएको घोषणा गर्नुभयो ।

यसअघि न्याय परिषद्ले असोज २० गते सर्वोच्च अदालतको न्यायाधीश पदका लागि उनीहरूको नाम सिफारिस गरेको थियो ।