काठमाडौं, कात्तिक १८ । तिलगंगा आँखा कार्यक्रमले जनताटाइम्स डटकममा प्रकाशित समाचार सत्यभन्दा फरक परेको भन्दै खण्डन पत्र पठाएको छ । कार्यक्रममा तर्फबाट पिताम्बर अधिकारीले पत्र पठाउँदै समाचार सत्यभन्दा फरक रहेको बताउनु भएको हो ।
‘ उल्लेखित विषयको समाचार सत्यभन्दा फरक परेको छ । सो समाचारमा उल्लेख भएको सामाग्रीमा पत्राकारीताको न्यूनतम मर्यादा विपरित एकतर्फी, कुनै सत्यता नभएको आधारहित, कपोलकल्पित, र दुरासायूक्त रहेको छ । सो समाचार प्रकाशित गर्दा तथ्यलाई आधार नवनाइ समाचारमा उल्लेखित व्यक्ति वा सम्वन्धित कार्यालयसंग कुनै सूचना नलिइ अप्रमाणित, आम पाठक माझ चरित्र हत्या गर्ने र केवल नकारात्मक सन्देश जाने किसिमले आएको छ,’ अधिकारीले भन्नुभएको छ, ‘हरेक समाचार निर्माणका वा प्रकाशनका नैतिक मुल्य मान्यता हुन्छन, रिपोर्टरका भने रिपोर्टरले तयार गरेको सामाग्री प्रकाशनयोग्य छ छैन पत्रकारिताभित्र पर्छ पर्दैन भनेर हेर्ने सम्पादक डेस्क हुन्छ । यद्यपि यी सबै कुरा कुल्चिएर समाचार आउदा हामी दुःखी छौं । साथै यसको खण्डन पनि गर्दछौं ।’
उहाँले मिति २०८३/०७/१३ मा प्रकाशित “डा. सन्दुकका पार्टनर रवि अग्रवालको नागरिकता प्रकारणमा झेल ः फाइल जल्यो भन्दै यसरी गरिंदैढ ढिसमिस पर्ने खेल शीर्षकको समाचार, मिति २०८३/०७/१४ मा ‘फतेबाल अस्पतालको करोडौं लगानी उपकरण सवै निजी अस्पताल पुर्याएर डा. सुन्दुकले बनइदिए बालुवामा पानी’ र मिति २०८३/०७/१५ मा प्रकाशित ‘प्रतिकको मात्रै सधैं मालदार पुस्टिङ किन हुन्छ ? के हो रहस्य ?’ शीर्षकको समाचार सत्यभन्दा फरक परेको जनाउनु भएको छ ।
अधिकारीले प्रेस काउन्सिललाई बोधार्थसमेत दिनुभएको छ ।















प्रतिक्रिया दिनुहोस्