काठमाडौं, कात्तिक १८ । उज्यालो नेपाल पार्टीले तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।
पार्टीले इन्जिनियर मंगलाल श्रेष्ठ, सामाजिक अभियन्ता मानबहादुर तामाङ र शैक्षिक अभियन्ता झनकबहादुर अधिकारीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।
नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पार्टीका सभापति कुलमान घिसिङले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
विभिन्न क्षेत्रका अनुभवी तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई पार्टीको नेतृत्वमा समेट्दै संगठन विस्तार र सुदृढीकरणको अभियानलाई अघि बढाइएको उज्यालो नेपाल पार्टीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्