जनता टाइम्स

१८ कार्तिक २०८३, बुधबार ०७:२०

हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना


काठमाडौं, कात्तिक १८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।