काठमाडौं, कात्तिक १८ । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदै हुनुहुन्छ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणका एजेन्डा तय गर्न उहाँ नेपाल आउन लाग्नुभएको हो।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा विदेश सचिव मिश्रीले आज र भोलि नेपालको भ्रमण गर्न लाग्नुभएको हो। भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव र भारतीय विदेश सचिवबीच द्विपक्षीय वार्ता हुनेछ।
परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा नेपाल–भारतबीचको लामो समयदेखिको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित दुई देशबीचको सम्बन्धका विविध आयामको समीक्षा गरिनेछ। साथै, आपसी हितका विषयमा विचार आदानप्रदान हुनेछ।
भ्रमणका क्रममा विदेश सचिव मिश्रीले नेपालका उच्चपदस्थ विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।
उहाँ कात्तिक १९ गते स्वदेश फर्किने कार्यक्रम छ।














प्रतिक्रिया दिनुहोस्