काठमाडौं, कात्तिक १७ । नेपाली कांग्रेसको देउवा समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको आधिकारिकता दाबी गर्नेहरूसँग कांग्रेसको आत्मा नरहेको टिप्पणी गर्नुभएको छ।
मंगलबार सम्पर्क कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उहाँले गगनकुमार थापाप्रति लक्षित गर्दै आधिकारिकता दाबी गर्नेहरू वैचारिक तथा पार्टी सञ्चालनका दृष्टिले सही ठाउँमा नरहेको बताउनुभयो।
थापा नेतृत्वमा भएको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्म सहभागी भएका नेता तथा कार्यकर्तासमेत अहिले देउवा समूहमा आउन थालेको उहाँले दाबी गर्नुभयो।
हालसम्म आफ्नो समूहमा नजोडिएका नेता तथा कार्यकर्तालाई पनि आगामी मंसिर २१ देखि २३ गतेसम्म आयोजना हुने महाधिवेशनमा सहभागी हुन महतले आग्रह गर्नुभयो।
उहाँले शेरबहादुर देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुने र सोही महाधिवेशनमार्फत देउवाले नेतृत्व हस्तान्तरण गर्ने जानकारीसमेत दिनुभयो।














प्रतिक्रिया दिनुहोस्