जनता टाइम्स

१८ कार्तिक २०८३, बुधबार ०७:१२

गुण्डुमा ओली र गगनबीच एक घण्टा भेटवार्ता, के भयो कुराकानी ?


काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

मंगलबार साँझ ओली निवास गुण्डुमा दुई नेताबीच भेटवार्ता भएको हो। स्रोतका अनुसार उनीहरूबीच साँझ करिब ६ बजेदेखि ७ बजेसम्म झन्डै एक घण्टा संवाद भएको थियो।

भेटमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले जनाएको छ।

यद्यपि भेटवार्तामा उठेका विषय र छलफलका निष्कर्षबारे विस्तृत विवरण सार्वजनिक भएको छैन।