जनता टाइम्स

१८ कार्तिक २०८३, बुधबार ०७:१९

रुपन्देहीमा बेवारिसे अवस्थामा ९० लाखको भारतीय मर्सिडिज कार बरामद


रुपन्देही, कात्तिक १८ । रुपन्देही प्रहरीले भारतीय नम्बर प्लेटको मर्सिडिज कार बेवारिसे अवस्थामा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मंगलबार सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवाबाट जीजे २१ सीबी ६००१ नम्बरको भारतीय कार बरामद गरिएको हो।

प्रहरी निरीक्षक चन्द्रकिशोर शाहका अनुसार खाली जग्गामा लामो समयदेखि कार बेवारिसे अवस्थामा पार्किङ गरी राखिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो।

बरामद कारको अनुमानित मूल्य ९० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रहरीले कारलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको छ।