जनता टाइम्स

१८ कार्तिक २०८३, बुधबार ११:३३

बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, पाँचको अवस्था गम्भीर 


काठमाडौं, कात्तिक १८ । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बझाङको केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३७६ नम्बरको जिप बुधबार बिहान दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार बिहान करिब १० बजे भित्री सडकखण्डमा गुडिरहेको जिपको ब्रेक फेल भएपछि अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो।

दुर्घटनामा परी केदारस्युँ गाउँपालिका–७ काँडाचौरकी २७ वर्षीया पवित्रा धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र ४२ वर्षीय रामकुमार धामी घाइते भएका छन्।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर र एक जनाको मध्यम रहेको छ। घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।