जनता टाइम्स

१८ कार्तिक २०८३, बुधबार ११:३९

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना


काठमाडौं, कात्तिक १८ । राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गर्नुभएको छ।

राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बुधबार बिहान दक्षिणकाली मन्दिर पुगेर विधिपूर्वक पूजाअर्चना गर्नुभएको हो। सो अवसरमा उहाँले मन्दिरका पुजारीबाट टीकाप्रसादसमेत ग्रहण गर्नुभएको थियो।

मन्दिर परिसरमा पुग्नुहुँदा राष्ट्रपति पौडेललाई स्थानीय जनप्रतिनिधि तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूले स्वागत गर्नु भएकाे थियाे ।