काठमाडौं, कात्तिक २२ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन मनाइँदैछ ।
तिहारको तेस्रो दिन आज बिहान घरघरमा कुकुरलाई पूजा गरी फूलमाला लगाएर मीठा खानेकुरा खुवाउने परम्परा छ । कुकुरलाई यमराजको द्वारपाल तथा आज्ञापालक र सुरक्षाका लागि भरपर्दो जनावरका रूपमा सम्मान गर्ने धार्मिक विश्वासअनुसार कुकुर तिहार मनाउने गरिएको हो ।
तिथि घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको हो । आज बिहान कुकुरको पूजा गरेपछि साँझ धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ ।
आजै नरक चतुर्दशीका अवसरमा बिहानै नदी, तलाउ तथा तीर्थस्थलमा स्नान गरी यमदीप बालेर बगाउने धार्मिक प्रचलनसमेत रहेको छ ।














प्रतिक्रिया दिनुहोस्