काठमाडौं, कात्तिक २२ । नेपाल प्रहरीका वरिष्ठ सई नै पक्राउ गरेका छन ।
गाली बेइज्जतीको आरोपमा शनिवार दिँउसो बरिष्ठ सई प्रकाश कार्कीलाई साँखुबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आफन्तलाई तथानाम गाली गरेकाले कार्कीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । कार्कीलाई प्रहरी वृत्त, बौद्धमा राखिएको छ ।
पदीय आडमा आफन्तलाई तथानाम गाली गरेपछि प्रहरी टोलीले बौद्ध ल्याएको काठमाडौं परिसरले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्