अर्घाखाँची, पुस २२ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीका संस्थापक सचिव सहयोगी विसी राजनीतिमा लागेपछि महासंघको सदस्यता त्याग गर्नुभएको छ । एमाले अर्घाखाँची जिल्ला अधिवेशनका लागि प्रतिनिधिमा चयन भएपछि उहाँले २५ वर्षको पत्रकारिताको यात्राबाट विश्राम लिनुभएको हो । बिसीनले महासंघको सदस्यतासेमत त्यागेको घोषणा गर्नुभएको छ ।
विसीले नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्षलाई सम्बोधन गर्दै लेखेको पत्रमा सदस्यता खारेजीको लागि अनुरोध गर्नुभएको छ । ुनेपाल पत्रकार महासंघको विधान अनुसार कुनै पनि पार्टीको जिम्मेवारीमा बसेको व्यक्ति पत्रकार महासंघमा बस्न नमिल्ने व्यवस्था भएकोले आजैको मितिदेखि लागु हुने गरी नेपाल पत्रकार महासंघको साधारण सदस्य खारेजिको निम्ति महासंघको अध्यक्ष लाई निवेदन पेश गरेको छु,ु विसीले भन्नुभएको छ ।
२०५४ मा अर्घाखाँचीमा नेपाल पत्रकार महासंघको स्थापना गर्दा सचिवको भूमिकामा रहेका विसी लामो समय पत्रकारीतामा रहेपनि त्यसयता पत्रकार महासंघको कुनै भूमिका रहनुभएन ।
प्रतिक्रिया दिनुहोस्