काठमाडौं, २३ असार। प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद मनिषकुमार झाले भिजिट भिसा प्रकरणमा गृह मन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको मागमा रास्वपाको अडान यथावत् नै रहेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै झाले सो माग पुरा नहुँदासम्म रास्वपाले संसद् बैठक बहिष्कार गर्ने बताउनुभयो ।
उहाँले जसपा नेता अशोक यादवको अभिव्यक्तबारे सरकारको धारणा पनि माग गर्नुभएको छ । झाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बोल्दा औला ठड्याउने सत्तारुढ दलका नेतालाई उहाँले बोलेको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गर्नुभयो । ‘माननीय अमरेशकुमार सिंहले एउटा विषयमा बोल्दा सत्तापक्षका सांसदहरूले औँला उठाउनुभयो र सच्याउनुपर्छ सच्याउनु पर्छ भन्नुभयो, गठबन्धनमा दुई थान मन्त्री लिइराख्नुभएको एउटा दलको एक नेताले भिडिओमार्फत यो देशबाट मधेस छुट्टिन्छ अभिव्यक्ति दिनुभयो । त्यसबारेमा के गर्नुहुन्छ ?’ उहाँले प्रश्न गर्नुभयो ।
रास्वपा र राप्रपाका सांसदले बोलेसँगै आजकाे बैठक पनि बहिष्कार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्