मकवानपुर, मंसिर ३ । मकवानपुरको भीमफेदी गाउँपालिकामा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते हुनुभएको छ ।
आज बिहान करिब ८ः३० बजे हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटनामा परेको हो ।
प्राप्त प्रारम्भिक विवरणअनुसार दुर्घटनाका बेला सुमोमा चालकसहित १० जना सवार रहनुभएको थियो । दुर्घटनामा तीन जनाको मृत्यु भएको र सात जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनापछि उद्धार गरिएका घाइते तथा मृतकलाई हेटौंडा अस्पताल ल्याइएको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । मृतक तथा घाइतेहरूको पहिचान र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।













प्रतिक्रिया दिनुहोस्