काठमाडौं, जेठ १५ । सरकारले आगामी साउनभित्र सिंहदरबारबाट ग्यास सिलिण्डर विस्थापन गर्ने उद्देश्य लिएको छ। यसका लागि आर्थिक वर्ष २०७९/०८० को बजेटमा व्यवस्था गरिएको छ।
अर्थमन्त्री जनार्दन शर्माले एलपी ग्यासको अनुदान कटौती गरी विद्युतीय चुलोमा अनुदान बढाउने व्यवस्था मिलाइएको उल्लेख गर्नुभएको हो । बजेटमा आगामी तीन महिनाभित्र महानगर र उपमहानगरबाट पनि ग्यास सिलिण्डर विस्थापित गर्ने र यसलाई राष्ट्रव्यापी अभियानका रुपमा लैजाने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्