जनता टाइम्स

१५ जेष्ठ २०७९, आईतवार १८:४७

सरकारले ल्यायो १७ खर्व ९३ अर्व ८३ करोडको बजेट


काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक बर्ष २०७९/८० को लागि १७ खर्व ९३ अर्व ९० करोडको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद बैठकमा सो परिमाणको बजेट सार्वजनिक गर्नुभएको हो ।

अर्थमन्त्री शर्माले बजेटमा उल्लेख गरेअनुसार चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरिएको छ । यो कूल बजेटको ४२ प्रतिशत हो । यस्तै पूँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१.२ प्रतिशत छुट्याइएको छ । वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात १२.८ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा ४ अर्ब २९ अर्ब ८३ करोड अर्थात २४ प्रतिशत रकम विनियोजन गरिएको छ । उक्त बजेटका लागि राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ प्राप्त हुने सरकारको अनुमान छ ।

यस्तै ५५ अर्ब ४६ करोड वैदेशिक ऋण तथा अनुदान प्राप्त हुने अपेक्षा छ । यसो गर्दा सरकारलाई ४ खर्ब ९८ अब २६ करोड रुपैयाँ न्यून हुन आउँछ । न्यून हुने रकम वैदेशिक ऋण तथा आन्तरिक ऋणबाट पूर्ति गरिने अर्थमन्त्री शर्माले बताउनु भयो ।