जनता टाइम्स

२८ जेष्ठ २०७९, शनिबार २१:५५

लैनचौर स्थित व्याडमिन्टन कोर्टबाट ३५ लुट प्रकरण प्रहरी सहायक हवल्दारसहित थप दुईजना पक्राउ


काठमाडौं, २८ गते । काठमाडौं महानगरपालिका–२६ लैनचौर स्थित व्याडमिन्टन कोर्टबाट ३५ लाख लुटेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको संगित विद्यालयमा कार्यरत सहायक हवल्दार किशोर लुईटेल र दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुर घर भएका सुदन नेपाली उर्फ अशोक छन् ।२५ वर्षका सुदन नेपालीलाई जिल्ला प्रहरी कार्यालय दाङको सहयोगमा भालुवाङबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी ।

सिन्धुली घर भएका सहायक हवल्दार लुँइटेलले आत्मसमर्पण गरेका हुन् ।प्रहरी सहितको समुहले लैनचौरको व्याडमिन्ट कोर्टस्थित खाजा घरमा सस्तोमा सुन किन्न भनेर व्यापारीलाई बोलाएर ३५ लाख लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । जेठ ८ मा भएको सो लुटमा संलग्न रहेको आरोपमा अहिलेसम्म ४ जना पक्राउ परेका छन् ।वैशाख १८ मा जिल्ला प्रहरी परिसर काठमाडौंले नुवाकोटको दुप्चेश्वर घर भएका २५ वर्षीय पेम्बा तामाङ र दाङको बंगलाचुली घर भएका ३४ वर्षीय सालिकराम नेपालीलाई पक्राउ गरेको थियो । पक्राउ गरिएका सालिकराम नेपाली प्रहरी हवल्दार हुन् ।

उनि प्रहरी वृत मालिगाउँमा कार्यरत छन् । लुटमा मानव बेचविखन व्यूरोमा कार्यरत प्रहरी पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । तर, जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरीको पहिचान खुलाउन अस्विकार गर्दै आएको छ । ​आरोपीहरुमाथी डाँकाचोरी सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिनुयभो ।