जनता टाइम्स

१७ श्रावण २०७९, मंगलवार १८:२५

भारतमा प्रचलनमा आयो अनलाइन बिबाह, केटी भारतमा, केटा अमेरिकामा भयो विवाह


एजेन्सी । भारतमा बेहुली र अमेरिकामा बेहुला हुँदा पनि अनलाइन बिहे भएको छ । तपाई सोच्दै हुनुहुन्छ होला यो कथा हो। तर होइन, यस्तो विवाह साच्चै भएको नै छ अदालतले पनि यसलाई स्वीकृत गरेको छ । यो विषय तमिलनाडुको कन्याकुमारीको हो र यस मुद्दामा मद्रास उच्च न्यायालयको मदुरै बेन्चले फैसला दिएको हो।

अनलाइन वा भर्चुअल विवाहको अवधारणा अचम्म लाग्न सक्छ, तर भारतीय कानूनमा यसलाई अनुमति दिइएको छ। विशेष विवाह ऐनले अनलाइन माध्यमबाट विवाह गर्न निषेध गरेको छैन ।

भएको के थियो ?
तमिलनाडुको कन्याकुमारी जिल्लाकी वासामी सुदर्शनी भारतीय मूलका अमेरिकी नागरिक राहुल मधुसँग प्रेममा परेकी थिइन् । उनीहरु दुवै विवाह गर्न चाहन्थे । राहुल विवाहका लागि भारत आएका थिए ।

त्यसपछि यही वैशाख ५ गते दुवैले कन्याकुमारी जिल्लाको मनावलकुरिचीस्थित सव–रजिस्ट्रारलाई विशेष विवाह ऐनअन्तर्गत संयुक्त निवेदन दिएका थिए ।
१२ मई मा एक सूचना प्रकाशित भयो । यस विवाहमा राहुलका बुवा र अर्का व्यक्तिले आपत्ति जनाएका थिए । विवाह अधिकारीले मुद्दाको अनुसन्धानबाट उनीहरूको आपत्ति सही नभएको निष्कर्षमा पुगे ।

विशेष विवाह ऐन अन्तर्गत अनिवार्य ३० दिनको अवधि जुन १२ मा पूरा भएको थियो । केटा र केटी असार १३ गते विवाह अधिकारी समक्ष हाजिर भएका थिए । तर केही कारणले अधिकारीले त्यो दिन विवाह गर्न सकेनन् । त्यसपछि भिसाको म्याद सकिएका कारण राहुलले तुरुन्तै अमेरिका फर्किनुपरेको थियो ।

किन जानु पर्यो उच्च अदालत ?
यसपछि सुदर्शनीले राहुलसँग अनलाइन विवाह गर्न अदालत पुगिन् । सुदर्शनीले अदालतमा आफ्नो अपीलमा अधिकारीहरूलाई विशेष विवाह ऐनको धारा १२ अन्तर्गत भिडियो कन्फरेन्समार्फत विवाह गर्न आदेश दिन आग्रह गरेकी थिइन् ।

उच्च अदालतको फैसलाका मुख्य विशेषताहरू
यस विषयमा सुनुवाई गर्दै मद्रास उच्च अदालतको मदुरै बेन्चले भारतमा रहेकी सुदर्शनी र अमेरिकामा रहेका राहुललाई अनलाइन विवाह गर्न अनुमति दिएको थियो ।

• उच्च अदालतका न्यायाधीश जीआर स्वामिनाथनले विशेष विवाह ऐनको धारा १२ ले दुवै पक्षलाई विवाहको कुनै पनि स्वीकृत रूप अपनाउने विकल्प दिएको बताए । यस मुद्दाका दुवै पक्षले विवाहका लागि अनलाइन माध्यमलाई छनौट गरेका छन् ।

• अदालतले भन्यो दुलहा दुलही दुवै अनलाइन उपस्थित हुनेछन् र विशेष विवाह ऐन अन्तर्गत त्यसो गर्न कुनै बाधा छैन ।

• अदालतले विवाह गर्ने अधिकार मौलिक अधिकार हो भनी ठहर गर्यो ।

• विशेष विवाह ऐनको धारा १२ (२) ले विवाह दुवै पक्षले रोजेको कुनै पनि माध्यमबाट हुन सक्ने बताउँछ । सुदर्शनी र राहुलको हकमा यो माध्यम अनलाइन थियो ।

• अदालतले कानूनले प्रविधिसँग तालमेल राख्नु पर्ने भएकाले दम्पतीले रोजेको अनलाइन मोडलबाट विवाहको विकल्प कानुनी रूपमा मान्य हुने बताएको छ ।

• अदालतले उजुरीकर्ता सुदर्शनीलाई तीन साक्षीहरूको उपस्थितिमा अनलाइन मोडलमार्फत राहुल मधुसँग विवाह गर्न आदेश दियो ।

• अदालतले भन्यो विवाह पछि, उजुरीकर्ताले आफ्नो र दुलहा राहुलको सट्टा पनि दुवैमौ विवाह प्रमाणपत्र पुस्तिकामा हस्ताक्षर गर्न सक्नेछिन्।

• त्यसपछि अधिकारीहरूले विशेष विवाह ऐनको धारा १३ अन्तर्गत विवाह प्रमाणपत्र जारी गर्नेछ ।