जनता टाइम्स

१३ असार २०८२, शुक्रबार १७:५९

कीर्तिबहादुर विष्टको नेतृत्वमा कर्जा असुली न्यायाधीकरण गठन, सार्वजनिक खरिद पुनरावलोकन समितिमा पूर्वसचिव रघुराम विष्ट


काठमाडौं, असार १३ । सरकारले कर्जा असुली न्यायाधीकरण गठन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृतिबहादुर विष्टको अध्यक्षतामा कर्जा असुली न्यायाधीकरण गठन गरेको हो।

मन्त्रिपरिषद बैठकले न्यायधीकरणको सदस्यमा वसन्त पराजुली र गोविन्द शर्मा तोकेको छ । यसैगरी मन्त्रिपरिषद बैठकले पूर्वसचिव रघुराम विष्टलाई सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकत्वमा नियुक्त गरेको छ। समितिको सदस्यमा रोहितकुमार बिसुराल थानेश्वर गौतमलाई नियुक्त गरेको छ।