– एमएन कस्यप
म ससुराली घरमा थिएँ । अवसर थियो सालीको बिबाहको । यस पटक म र मेरी श्रीमती र परिवारको नयाँ सदस्य थिइन् – मेरी छोरी । मेरी श्रीमती विवाहको रमाईलो र संगीतमा मग्न थिइन् र मेरी छोरी मसँग टाँसिरहेकी थिइन् किनभने उनलाई मसँगै बस्ने बानी परेको थियो ।
छोरीले दिसा गर्दा हामी गफमा व्यस्त थियौं । म सफा गर्न दगुरेपछि मेरी सासुले मलाई रोक्नुभयो । मलाई एउटा कुनामा लगेर रिसाउँदै भन्नुभयो ‘तपाईँ यो घरको ज्वाइँ हुनुहुन्छ, के गर्न खोज्नुभएको ? आफन्तले देखे भने के भन्लान ? सोनालीलाई बोलाउनुस्, बच्चाको डाइपर फेरेर ल्याउँछे ।’
‘यो काम मैले गर्दा पनि त हुन्छ नि’ भन्न मात्रै के खाजेको थिएँ उहाँले मेरी सासुले मेरी श्रीमतीलाई बोलाएर भन्नुभयो, ‘जा छोरीको डाइपर फेरेर ल्याई दे ।’ म र मेरी श्रीमती एकअर्काको मुख हेराहेर गर्यौं ।’ मेरी सासुले फेरि कडा स्वरमा भन्नुभयो , ‘सोनाली . . . . ’ र उनी तुरुन्तै छोरीलाई वाशरूममा लिएर गइन् ।
म चकित भएको थिए। किनभने यो काम मेरो लागि नौलो थिएन र मेरो ससुरालीलाई म ‘हाउस हसबैंड हुँ’ भन्ने थाहा थियो । तर अप्ठ्यारो अरुको कारणले भएको हुन सक्छ। धेरैको अनुहारमा मुस्कान थियो ।
‘
‘यी हाउस हसबैंड हुन् नि !’ विवाहको कोलाहलपूर्ण वातावरणमा पनि मेरो कानमा धेरै पटक यो शब्द ठोक्किएको थियो । मेरो ससुराली पट्टीका कसैले पनि यो कुरा सार्वजनिकरूपमा प्रकट गर्न चाहनुभएन । मलाई थाहा छ कि मानिसहरूले लज्जा महसुस गराउनको लागि उहाँहरूको मजाक गर्नेछन्, भनेर उहाँहरू डराउनु भयो ।
तर मैले यो निर्णय पनि गरेको थिएँ कि न म लाज मान्छु न त आफ्नो काम परिवर्तन गर्छु। हामीले अन्तरजातीय प्रेम विवाह गरेका हौं। हामीले सुरुदेखि नै करियरमा जसले राम्रो मौका पाउँछ उही अगाडि बढ्ने निर्णय गरेका थियौं। र सुरुदेखि नै मेरो करियर राम्रोसँग चलिरहेको थिएन ।
यसैबीच सोनाली सफलताको सिँढी चढिरहेकी छिन् । हामीले निर्णय गर्यौं कि म घरको काम हेर्छु र उनले बाहिरको काम । मेरो घरमा काम गर्ने कोही सहयोगी छैनन्। म घर बढार्ने, भाँडा माझ्ने, तरकारी ल्याउने र खाना पकाउने काम गर्छु।
सायद उनीहरूलाई मैले घरमा काम गरेको अनौठो लाग्यो होला, तर घरको काम गर्नु मेरो लागि सामान्य थियो । मेरो घरमा तीन भाइमध्ये म कान्छो हुँ। म पनि घरमा आमालाई घरको काममा सघाउथें । त्यतिबेला साथीभाइले मलाई ‘घरानी’ नामले जिस्काउने गर्थे ।
अब दिल्लीका मेरा शिक्षित साथीहरूले घरमा काम गर्ने मेरो ‘छनोट’ बुझ्न थालेका छन् । तर, जब म मेरो गृहनगर भोपाल जान्छु, साथीहरूले मेरो खिल्ली उडाउँछन् । जब कुनै राजनीतिक वा गम्भीर विषयमा बहस हुन्छ, तब सबैले मेरो कुरा काट्छन् र भन्छन्– ‘तँलाई थाहा छैन छोडदे, तेरा लागि यी धेरै ठूला विषय हुन् ।’ ।
म मेरो ठाउँ देखाउन खोज्छु
एकपल्ट यस्तो भयो कि साथीहरु कुनै बिषयमा चर्चा गरिरहेका थिए मैले केहि भन्नको लागी मुख खोलेको मात्र के थिएँ, मेरो साथीले भन्यो ‘ अरे तँ जा र चिया पकाएर ले।’ मैले पनि मुस्कुराएर जवाफ दिएँ ‘चिया मात्र किन पकौडा पनि बनाएर ल्याउन सक्छु । मेरो लागि यो बायाँ हातको खेल हो ।’
मेरा केही साथीहरू अझै पनि मलाई फोन गरेर जिस्क्याउँछन् ‘आज के खाना पकाउँदै छस् ।’ घराको कामलाई मानिसले काम ठान्दैनन् । ‘घरमा बसेर भूत्रो गर्छौ ?’ भनेर साथीहरुले जिस्काउँछन् । तर उनीहरूलाई थाहा छैन म पनि बाहिर काममा जाने मानिस जस्तै चाँडो उठ्छु र घर बाहिरको पनि सबै काम गर्छु ।
मैले यो पनि बुझेको छु कि यस्तो बोल्ने मान्छेले ‘गृहिणी’ लाई निकृष्ट नजरले हेर्छन् र उनको कामको कुनै भ्यालु दिदैनन्। हाम्रो विवाहको चार वर्षपछि छोरी जन्मियो । अब ममाथि जिम्मेवारीको बोझ बढ्यो । आमा हुनु भनेको फुल टाइम जागिर जस्तै थियो ।
घरको हेरचाहसँगै उनलाई नुहाउने, खुवाउने र घुम्न लैजाने जिम्मेवारी मेरो थियो । छोरीलाई पार्कमा लैजाँदा सुरुमा महिलाहरु छोरीलाई माया गर्न आउनुहुन्थ्यो । तर चार–पाँच दिनपछि उनीहरूले सोधे ‘तपाई आज पनि ?’ गुडियाकी आमा कहाँ छिन् ? तपाईलाई सुहाउदैन ? यस्तै . ..यस्तै …।
जब मैले मेरी श्रीमती काममा जान्छिन् र म बच्चाको हेरचाह गर्छु भनेर जवाफ दिए, प्रश्नहरूको नयाँ श्रुंखला सुरु भयो । यति सानी नानीलाई कसरी सम्हाल्छौ ? के उm तपाईंसँग बस्न सक्छे ? उसलाई कसले नुहाइदिन्छ ? उसलाई कसले खुवाउँछ ? आदि आदि ।
उनीहरूको अनुहारको हावभावमा मैले कुनै अचम्मको काम गरिरहेको जस्तो देखिन्थ्यो। मैले यस्तो काम कसरी गर्न सक्छु ? घरको काम गरेर बस्ने, बाहिर आर्थिक उपार्जनको काममा नजाने म कस्तो पुरुष हुँ ?
पछाडी ‘फोकट’ भनेर पनि कुरा काट्छन् । बिहेपछि पहिलो पटक घरमा आउँदा छोराले घरको काम गरिरहेको देख्दा आमालाई पनि मन परेन ।
मेरी आमाले मलाई केही भन्न खोज्नुहुन्थ्यो तर यहाँ उपयुक्त छैन भन्ने ठानेर केही बोल्नु हुन्नथ्यो उहाँको इशाराबाट म बुझ्न सक्थें।
आमाको आँखाको भावले मलाई सोधेजस्तो लाग्थ्यो ‘बाहिर कमाइको काम गर्न किन जाँदैनु् ? के बुहारीले जागिरसँगै घरको काम गर्न सक्दिनन् ?’ मेरी आमाको अप्ठ्यारो महसुस गर्दै मेरी श्रीमतीले घरको काम गर्न थालिन् तर भ्याइनन् । पछि मैले नै सोनालीलाई घरको काम गर्न दिइँन।
मेरी आमाले यो कुरा बुझ्नुभयो तर उहाँले केही बोल्नुभएन र यस विषयमा सधैं मौन बस्नु भयो । अहिले छोरी स्कुल जान्छिन् । यो विद्यालयले उनलाई पारिवारिक बृक्ष बनाउन दिएको थियो । म घरबाहिर गएको थिएँ , मेरी श्रीमतीले मेरी छोरीलाई सहयोग गरिन् होम वर्कका लागि । आमा छोरी मिलेर बनाएको परिवारिक बृक्षमा मेरो नाम ‘घरमुली’ मा लेखिएको थियो ।
मैले यो देखेपछि विरोध गरें । म सोनाली बाहिर आर्थिक उपार्जनको काम गर्छिन् परिवारको खर्च धानेकी छन् उनीनै घरमुली’ हुन् भन्ने मेरो तर्क थियो । तर सोनाली मानिनन् । उनले भनिन्, ‘घरमुली’ घर चलाउने पुरुष वा महिला जो पनि हुनसक्छ ।’ उनले मेरो नाम हटाइनन्।
त्यसो त , म एक स्वतन्त्र लेखक हुँ र घर बसेरै लेख्ने काम गर्छु। मेरा दुईवटा पुस्तक प्रकाशित भइसकेका छन् र तेस्रो प्रकाशित हुनै लागेको छ । तर जनताले यसको महत्व बुझेका छैनन् ।
मेरी श्रीमतीले पनि अफिसमा यस्तै प्रश्नहरूको सामना गर्नु परेको छ । तर हामी दुबैको माया यति धेरै छ कि यसले हाम्रो सम्बन्धलाई असर गरेको छैन। मैले घरको काम गर्दा भाइ केही बोल्दैनन् तर सहि छ पनि भन्दैन । तर महिलाहरूले मलाई धेरै आदर गर्छन्।
मलाई थाहा छ जब तपाईले केहि फरक गर्नुहुन्छ, मानिसहरूले पहिले तपाईको मजाक गर्छन्, त्यसपछि आलोचना गर्छन् र अन्तमा स्वीकार गर्छन्। म अहिले पनि पहिलो खुडकिलोमा छु । (बिबिसी हिन्दीबाट)
प्रतिक्रिया दिनुहोस्