काठमाडौं, १३ असार । नुवाकोटको ककनीमा कोल्पु खोलाको बाढीले एक जना महिलालाई बगाएको छ भने एक जना घाइते भएका छन् । ककनी गाउँपालिका–१ कागतीगाँउस्थित भसीबुमा शुक्रबार बिहान कोल्पु खोलामा आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता हुनुभएको हो ।
बाढीमा परेर उहाँको श्रीमान ३६ वर्षीय अशोक बलामी घाइते भएको नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनुभएको छ। उहाँको उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ । उनका अनुसार लेदो र ग्रेगानसहितको बाढी घरमा पसेपछि भाग्न खोज्दा बिमलालाई बगाएको हो । हाल उनको खोजी भइरहेको जनाइएको छ ।
नुवाकोटमा बाढी घरमा पस्दा श्रीमती बेपत्ता, श्रीमान घाइते

प्रतिक्रिया दिनुहोस्