जनता टाइम्स

२५ श्रावण २०७९, बुधबार १३:४५

स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न एमाले सांसद खगराज अधिकारीको माग


काठमाडौं, २५ साउन । एमाले सांसद खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न माग गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सरकारकै कारण स्वास्थ्य बिमा कार्यक्रम जोखिममा परेको बताउनुभयो ।

‘स्वास्थ्य बिमा कार्यक्रममा ११ अर्ब संकलन भएको छ विमितहरूबाट । यसलाई अहिले अप्ठेरो अवस्थामा पुर्याइएको छ । सम्पूर्ण सरकारी अस्पताल र प्रतिष्ठान यो सेवा बन्द गर्ने अवस्थामा पुगेका छन् । के ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकको हुर्मत लिन लागेको हो ?,’ अधिकारीले प्रश्न गर्नुभयो ।

उहाँले एक मात्र समाजवादन्मुख कार्यक्रम स्वास्थ्य बिमा कोल्याप्स पार्न लागेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘स्वास्थ्य बिमा कोल्याप्स गर्न पाइन्न । एचआईभी एड्स संक्रमित, ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्न खोजिएको भन्दै उहाँले सभामुखमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग गर्नुभयो ।