काठमाडाै, १९ असार । झापाकाे शिवसताक्षी नगरपालिका–५ स्थित संगमचोकमा साथीहरूकाे कुटपिटबाट दुई किशोरको मृत्यु भएको छ।
कुटाइबाट शिव सताक्षी नगरपालिका संगम चोकका १५ वर्षीय आदित्य तामाङ र रोमन थापाको मृत्यु भएको हो । तामाङको उपचारका क्रममा बिर्तामोडको बी एण्ड सी अस्पतालमा बुधबार दिउँसो मृत्यु भएको हो ।
आइतबार आदित्यकै साथी रोमन थापाको पनि बिर्तासीटी अस्पतालमा मृत्यु भएको थियो । एउटै समूहको कुटपिटबाट दुवै जनाको मृत्यु भएको झापा प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार केही दिनअघि ट्युसन पढेर फर्कंदै गरेका आदित्य र रोमनमाथि ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका केही विद्यार्थीले कुटपिट गरेका थिए । ती किशोरहरूले सुरुमा सामान्य रुपमा कुटपिट गरेका भए पनि केही बेरपछि उनीहरूलाई फेरि बोलाएर आक्रमण गरेका थिए ।
विद्यालयमा उनले अनुहार सुन्निएको र ढाड दुखेको बताए पछि शुक्रबार अस्पताल भर्ना गरिएको थियो । ५ दिनसम्म उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नभएका उनको उपचारकै क्रममा ज्यान गएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्