जनता टाइम्स

१३ भाद्र २०७९, सोमबार १६:११

राजनीतिप्रति धेरै चाख लाग्छ : प्रदीप खड्का


काठमाडौं, १३ भदौ । अभिनेता प्रदीप खड्काले आफूले अभिनय गरेको चलचित्र ‘प्रकाश’ हेरेर माया र हौसला थपिदिएकोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति आभार प्रकट गर्नुभएको छ ।

नेता थापाले आइतबार हलमा पुगेर ‘प्रकाश’ हेरेका थिए । सिनेमा हलमा थापालाई भेट्नु आफ्ना लागि विशेष भएको उहाँले बताउनुभयो । अभिनेता खड्काले नेता थापासँग सिनेमा हलमा खिचेको तस्बिर सामाजिक सञ्जालमा राख्दै नेपालको राजनीतिबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।

उहाँले आफू राजनीतिक मान्छे नभए पनि राजनीतिक विषय, देशको नेतृत्वलगायतका विषयमा धेरै चाख लाग्ने उल्लेख गर्दै प्रकाशको भूमिका गर्दैगर्दा आमजीवनमा नेतृत्वको भूमिकालाई नजिकबाट महसुस गर्न पाएको पनि बताउनुभयो। नेपालका राजनीतिक नेतृत्वलाई आफूले जे जति बुझेको हो, त्यस आधारमा यो पुस्ताको सबैभन्दा आशालाग्दा नेता गगन थापा हो भन्ने उत्तर दिन आफूलाई खासै सोच्नु नपर्ने पनि स्पष्ट पार्नुभएको छ ।

‘प्रकाशलाई यहाँहरूले दिनु भएको माया र साथका लागि कृतज्ञ छु। हिजो प्रकाश हेर्न आउनु भएकामध्ये एकजना दर्शक मेरा लागि निक्कै विशेष हुनुहुन्थ्यो। हुन त म राजनीतिक मान्छे हुँदै हैन, तर मलाई राजनीतिक विषय, देशको नेतृत्वलगायतका विषयहरूमा धेरै चाख लाग्छ। अझै प्रकाशको भूमिका गर्दै गर्दा आमजीवनमा नेतृत्वको भूमिकालाई धेरै नजिकबाट महसुस गर्न पाएँ।

नेतृत्वलाई मैले जे जति बुझेको छु, त्यस आधारमा यो पुस्ताका सबैभन्दा आशालाग्दा नेता को हुने भन्ने प्रश्नको उत्तरमा गगन थापा भन्ने उत्तर दिन मलाई खास्सै सोच्नु पर्दैन। सुखद संयोग, हिजो गगन दाइसँगको भेट जुर्यो। फिल्म हेरिसकेपछि, दाइसँग समाज, राजनीति, सिनेमालगायतका विषयमा छलफल भयो।

दाइलाई नजिकबाट नियाल्न पाउँदा, उहाँका दृष्टिकोणहरू अझै स्पष्ट बुझ्न पाएँ। देशको नयॅा व्यवस्था परिवर्तन महसुस गर्न नयॅा नेतृत्व पाउन जरूरी छ अनि मात्र प्रकाशहरूको भोगाइको परिवर्तन हाम्रै पालामा सम्भव छ । अबको नेतृत्वमा यस्तै नयॅा जोसिला व्यक्तित्वलाई देख्न पाइयोस, हामी सबैलाई शुभकामना,’ प्रदीपले लेख्नुभएको छ ।

यो पुस्ताका आशालाग्दा नेता गगन थापा हुन्

काठमाडौं, १३ भदौ । अभिनेता प्रदीप खड्काले आफूले अभिनय गरेको चलचित्र ‘प्रकाश’ हेरेर माया र हौसला थपिदिएकोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति आभार प्रकट गरेका छन् ।

नेता थापाले आइतबार हलमा पुगेर ‘प्रकाश’ हेरेका थिए । सिनेमा हलमा थापालाई भेट्नु आफ्ना लागि विशेष भएको उनले बताएका छन् । अभिनेता खड्काले नेता थापासँग सिनेमा हलमा खिचेको तस्बिर सामाजिक सञ्जालमा राख्दै नेपालको राजनीतिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले आफू राजनीतिक मान्छे नभए पनि राजनीतिक विषय, देशको नेतृत्वलगायतका विषयमा धेरै चाख लाग्ने उल्लेख गर्दै प्रकाशको भूमिका गर्दैगर्दा आमजीवनमा नेतृत्वको भूमिकालाई नजिकबाट महसुस गर्न पाएको पनि बताएका छन् । नेपालका राजनीतिक नेतृत्वलाई आफूले जे जति बुझेको हो, त्यस आधारमा यो पुस्ताको सबैभन्दा आशालाग्दा नेता गगन थापा हो भन्ने उत्तर दिन आफूलाई खासै सोच्नु नपर्ने पनि स्पष्ट पारेका छन् ।

‘प्रकाशलाई यहाँहरूले दिनु भएको माया र साथका लागि कृतज्ञ छु। हिजो प्रकाश हेर्न आउनु भएकामध्ये एकजना दर्शक मेरा लागि निक्कै विशेष हुनुन्थ्यो। हुन त म राजनीतिक मान्छे हुँदै हैन, तर मलाई राजनीतिक विषय, देशको नेतृत्वलगायतका विषयहरूमा धेरै चाख लाग्छ। अझै प्रकाशको भूमिका गर्दै गर्दा आमजीवनमा नेतृत्वको भूमिकालाई धेरै नजिकबाट महसुस गर्न पाएँ।
नेतृत्वलाई मैले जे जति बुझेको छु, त्यस आधारमा यो पुस्ताका सबैभन्दा आशालाग्दा नेता को हुने भन्ने प्रश्नको उत्तरमा न्बनबल त्जबउब भन्ने उत्तर दिन मलाई खास्सै सोच्नु पर्दैन। सुखद संयोग, हिजो गगन दाइसँगको भेट जुर्यो। फिल्म हेरिसकेपछि, दाइसँग समाज, राजनीति, सिनेमालगायतका विषयमा छलफल भयो। दाइलाई नजिकबाट नियाल्न पाउँदा, उहाँका दृष्टिकोणहरू अझै स्पष्ट बुझ्न पाएँ। देशको नयॅा व्यवस्था परिवर्तन महसुस गर्न नयॅा नेतृत्व पाउन जरूरी छ अनि मात्र प्रकाशहरूको भोगाइको परिवर्तन हाम्रै पालामा सम्भव छ । अबको नेतृत्वमा यस्तै नयॅा जोसिला व्यक्तित्वलाई देख्न पाइयोस, हामी सबैलाई शुभकामना,’ प्रदीपले लेखेका छन् ।