जनता टाइम्स

२२ मंसिर २०७९, बिहीबार १४:३०

दक्षिण भारतीय फिल्म ‘कान्तारा’को हिन्दी भर्सन अब नेटफिल्क्समा


काठमाडौं, २२ मंसिर । दक्षिण भारतीय सुपरहिट चलचित्र ‘कान्तारा’ भोलीदेखि नेट्फ्लिक्समा हेर्न सकिने भएको छ ।

नेट्फ्लिक्समा उपलब्ध हुने उक्त चलचित्र हिन्दी भाषामा पनि आउने अभिनेता तथा निर्देशनका ऋषभ सेट्टीले बताउनुभएको छ ।

नेट्फ्लिक्समा जारी गरिएको भिडियो क्लिपमा उक्त जानकारी दिनुभएको हो । सामान्य लगानीमा बनेको उक्त चलचित्रले बक्स अफिसमा कमाइका अनेक रेकर्ड कायम गरेको छ ।