काठमाडौं, साउन १ । भारतको दक्षिणी राज्य तमिलनाडुमा रहेको कुडनकुलम आणविक विद्युत् केन्द्रसँग सम्बन्धित हजारौँ फाइल इन्टरनेटको गोप्य सञ्जाल ९डार्क वेब०मा सार्वजनिक भएको दाबी गरिएको छ ।समाचार संस्था रोयटर्सका अनुसार ‘वल्र्ड लिक्स’ नामक साइबर अपराधी समूहले विद्युत् केन्द्रका केही संरचनाको नक्सा, उपकरण आपूर्तिकर्ताको विवरण तथा अन्य प्राविधिक कागजात सार्वजनिक गरेको दाबी गरेको हो ।कुडनकुलम भारतका सातवटा आणविक विद्युत् केन्द्रमध्ये सबैभन्दा ठूलो हो । प्रधानमन्त्री नरेन्द्र मोदीको आणविक ऊर्जा उत्पादन क्षमता विस्तार गर्ने योजनामा यस केन्द्रलाई अत्यन्त महत्वपूर्ण मानिन्छ ।
आणविक विद्युत् केन्द्र नामबाट पहिचान गरिएका झण्डै १९ हजार फाइल, जसको आकार १४ दशमलव ३ गिगाबाइट छ, गएको जुन ११ देखि डार्क वेबमा उपलब्ध छन् ।ती फाइलमा बैठक र निरीक्षण अभिलेख, उपकरण मूल्याङ्कन, बीमा कागजात तथा केही संरचनात्मक नक्सासमेत समावेश भएको खबरमा उल्लेख छ ।आणविक सुरक्षा क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था न्यूक्लियर थ्रेट इनिसिएटिभका वरिष्ठ निर्देशक निकोलस रोथले यस्ता विवरण बाहिरिनु विद्युत् केन्द्रको सुरक्षाका लागि गम्भीर जोखिम हुन सक्ने बताउनु भएको छ ।उहाँले भारतमा पछिल्ला वर्षहरूमा साइबर आक्रमणका घटना बढ्दै गएको र धेरै संस्था त्यस्ता जोखिम सामना गर्न पर्याप्त रूपमा तयार नरहेको टिप्पणी गर्नुभएको छ ।यस घटनाको अनुसन्धान भारतको प्रमुख साइबर सुरक्षा निकाय भारतीय कम्प्युटर आपत्कालीन प्रतिक्रिया टोली (सर्ट–इन) ले गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।













प्रतिक्रिया दिनुहोस्