काठमाडौं, कात्तिक २१ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज काठमाण्डौ गोर्खाज र साविक विजेता लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।
प्रतियोगितामा अपराजित लुम्बिनी ७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने काठमाण्डौ ४ अंकसहित चौथो स्थानमा रहेको छ ।
यसअघि हिजो भएका खेलमा पोखरा एभेन्जर्स चितवन राइनोजसँग तथा कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग पराजित भएका थिए । लगातार चौथो हार बेहोरेको पोखरा तालिकाको पुछारमा छ । उसको प्लेअफ सम्भावना पनि लगभग समाप्त भएको छ ।
कर्णालीका डेभिड मिलरले डेब्यु खेलमै अविजित ९३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।














प्रतिक्रिया दिनुहोस्