काठमाडौं, कात्तिक २० । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
अध्यक्ष ओलीले शुक्रबार आफ्नै निवास गुण्डुमा मञ्चका नवनिर्वाचित अध्यक्ष प्रभु थापासहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिनुभएको हो।
मञ्चको बिहीबार सम्पन्न निर्वाचनबाट अमेरिकाको बाल्टिमोर निवासी लमजुङका प्रभुराम थापा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा यूएईका टकबहादुर गुरुङ, सचिवमा बेलायतका रामशरण सिंखडा र उपसचिवमा अमेरिकाका कृष्णप्रसाद लामिछाने निर्वाचित हुनुभएको छ। महिला उपसचिवमा इजरायलकी ज्योतीदेवी शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ।

यसैगरी सदस्यहरूमा मध्यपूर्वका चार स्थानबाहेक अन्य महादेशबाट प्रतिनिधित्व गर्ने सदस्यहरू निर्विरोध निर्वाचित हुनुभएको छ। निर्वाचित सदस्यहरूमा कृष्णप्रसाद आचार्य, चन्द्रबहादुर गुरुङ, तेजबहादुर कटवाल, प्रभात त्रिपाठी, विनेशकुमार तामाङ, इन्दिरा कटवाल, रश्मि राई (गुराँस), इन्द्रप्रसाद ओली र गोविन्दप्रसाद पौडेल रहनुभएको छ।
त्यस्तै चन्द्रकान्त आचार्य, टीकाराम सापकोटा, सत्यनारायण झा, सुरेन्द्र थपलिया, चन्द्राकुमारी गुरुङ, सरस्वती केसी, प्रकाश बस्नेत, रमेशप्रसाद धिताल, कुन्ती थापा, अनित थपलिया, बसन्त राई, रामचन्द्र लोप्चन, डा. सन्जु कुमारी पौडेल, केशव जोशी, बालगोपाल उपाध्याय, माधव शाह र सीता केसी थापा पनि सदस्यमा निर्वाचित हुनुभएको छ।
अध्यक्ष ओलीले नवनिर्वाचित सम्पूर्ण नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो।














प्रतिक्रिया दिनुहोस्