काठमाडौं, कात्तिक २१ । इजरायलका राष्ट्रपति इसाक हर्जोगले आज नयाँ प्रधानमन्त्री घोषणा गर्ने तयारी गर्नुभएको छ । विपक्षी गठबन्धनले संसद्मा बहुमत जुटाएको दाबी गरेसँगै वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सत्ता गुमाउने सम्भावना बढेको छ ।
इजरायलमा सरकार गठनका लागि संसद्का ६१ सांसदको समर्थन आवश्यक पर्छ । विपक्षी नेता गादी आइजेनकोटको गठबन्धनलाई ६ दलका ६७ सांसदको समर्थन रहेको बताइएको छ । नेतन्याहुको पक्षमा भने ४६ सांसद मात्रै देखिएका छन् ।
यस आधारमा राष्ट्रपतिले नेतन्याहुलाई सरकार गठनको पहिलो अवसर नदिने अनुमान गरिएको छ ।
इजरायलमा अहिलेसम्म कुनै पनि दलले एकल बहुमत प्राप्त गर्न नसकेकाले गठबन्धन सरकार बन्ने परम्परा छ । राष्ट्रपति हर्जोगले बिहीबार संसद्मा निर्वाचित सबै दलका नेताहरूसँग छलफल गर्नुभएको थियो ।
छलफलपछि उहाँले सांसदहरूको समर्थन स्पष्ट देखिए पनि विभिन्न राजनीतिक समूहबीच महत्वपूर्ण मुद्दामा असहमति रहेको बताउनुभएको छ । दलहरूबीच आपसी मतभेदसमेत रहेकाले सरकार गठनको निर्णय सांसदहरूको सिफारिसका आधारमा मात्रै गर्न नसकिने उहाँको भनाइ छ ।














प्रतिक्रिया दिनुहोस्