काठमाडौं, ७ पुस । विश्व च्याम्पियन लियोनल मेसीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग एक वर्षको सम्झौता नविकरण गर्नुहुनेभएको छ । मेसीले सन् २०२४ सम्म फ्रेन्च राजधानी बस्ने निर्णय गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । गत आइतबार मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै विश्वकप जितेको थियो ।
मेसीले आफ्नो खेल जिवनमा पहिलो पटक विश्वकपको ट्रफी उचाल्नुभएको थियो । ३५ वर्षीय मेसी विश्वकपसँगै करियरमै उच्च लयमा देखिनुहुन्छ । मेसी सन् २०१५ पछि च्याम्पियनन्स लिग उपाधि जित्ने योजनामा देखिनुभएको छ । बार्सिलोनाका उपाधिको चाङ लगाउनुभएको मेसी पिएसजीमा समेत सोहि अवस्था सिर्जना गर्न चाहेको देखिन्छ ।
अहिले भने मेसी अर्जेन्टिनाको विजयी र्यालीमा समावेश हुनुहुन्छ । उहाँ अझै केहि साता अर्जेन्टिनामै रहन सक्ने बताइएको छ । मेसी फर्किएसँगै सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । पिएसजी अध्यक्ष नासिर अल खेलाफि र स्पोर्टस् डाइरेक्टर लुइस काम्पोस तयार अवस्थामा रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्