जनता टाइम्स

७ असार २०८२, शनिबार १८:३१

संघ र प्रदेशको बजेट सकारात्मक रहेको दोलखा एमालेको ठहर, ब्यक्ति केन्द्रित प्रचारको गर्यो कडा प्रतिवाद (निर्णयसहित)


नेकपा एमाले दोलखाले संघीय सरकार र बागमती प्रदेश सरकारले ल्याएको बजेट सकारात्मक रहेको ठहर गर्दै संयुक्त सरकारको भावनाबिपरित जिल्लाका आयोजना र कार्यक्रमलाई ब्यक्ति केन्द्रित प्रचार गरेकोमा कडा प्रतिवाद गरेको छ ।

दोलखा, असार ७ । नेकपा एमाले दोलखाले एक वडा एक गन्तब्य कार्यक्रम अघि बढाउन ९ वटै पालिकाको ध्यानाकर्षण गराएको छ ।

एमाले सचिवालय बैठकको निर्णय सार्वजनिक गर्न शनिवार आयोजित पत्रकार सम्मेलनमा इञ्चार्ज नेकपा एमलोका पोलिटब्यूरा सदस्य पार्वत गुरुङ र अध्यक्ष नरबहादुर श्रेष्ठले समृद्ध दोलखा निर्माणका लागि सहयोगी बनेर एक वडा एक गन्तब्य हुनुपर्ने पार्टी निर्णयबारे जानकारी दिनुभएको हो ।

एमाले दोलखाले संघीय सरकार र बागमती प्रदेश सरकारले ल्याएको बजेटमा समेटिएको धेरै योजना एवं कार्यक्रमहरु सकारात्मक रहेको ठहर गर्दै उल्लेखित कर्यक्रम एवं योजनाहरु कार्यान्वयनमा सरोकारवाला सवैलाई इमान्दारितापुर्वक भूमिका निर्वाह गर्न आग्रह गरेको छ । एमालेले १० लाखभन्दा माथिका आयोजनाहरु बोलपत्र आह्वान तथा अन्य आयोजनाहरु बास्तविक उपभोक्ता समितिमार्फत अघि बढाउन पनि आग्रह गरेको छ ।

यसैगरी बैठकले सवैको पहलमा दोलखाको बिकासका लागि आएको आयोजनाहरुलाई केही ब्यक्तिले आफ्नो पहलमा आएकोभ न्द्र अफवाह फैलाएको भन्दै त्यस्तो झुटको खेती नगर्न सचेत गराएको छ ।

‘संघ र प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा समेटिएका धेरै बिषयहरु सकारात्मक रहेको छ । प्रस्तुत बजेटलाई कार्यान्वयन गर्न तदारुकता देखाउने हो भने यसले सरकारले उदघोष गरेको ‘बिकास र समृद्धिको अभियान पूरा गर्न टेवा पुग्नेछ । तर दोलखाको सन्दर्भमा बजेटले समेटिएका बिषयहरुमा केही अमुक ब्यक्तिहरुले सस्तो लोकप्रियताको लागि सामाजिक सञ्जालहरुमा प्रचार गरेको देखिएको छ । बर्तमान सरकार नेकपा एमाले, नेपाली कांग्रेसलगयतको संयुक्त सरकार भएकोले संघ तथा प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट नेकपा एमलो लगायत सरकारमा सहभागी सवै दलहरुको बरावर भूमिका रहेको र यो संयुत्तः सरकारको संयुक्त बजेट तथा नीति कार्यक्रम रहेको कुरा स्मरण गराउन चाहन्छौं । यसमा कुनै अमुक ब्यक्तिको भूमिकालाई मात्र प्रचार गर्न खोजियो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ,’ बैठकको निर्णयमा भनिएको छ ।

दोलखा एमालेले बागमति सरकारले ल्याएको बजेट राम्रो हुँदाहुँदै कतिपय अनुपात्दम क्षेत्रमा केन्द्रित भएको भन्दै सच्याउन माग गरेको छ । बैठकले दोललघाट चर्नावती सुरुङ मार्गको अध्ययनको लागि बजेट छुट्याएकोमा संघीय सरकारलाई धन्यवादसहित १३र्णय गरेको छ ।