जनता टाइम्स

१२ पुष २०७९, मंगलवार ०८:३०

नेपाल टी–ट्वान्टी : आज दुई खेल हुदै


काठमाडौं, १२ पुस । राजधानीमा जारी रहेको नेपाल टी(ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज मंगलबार दुई खेलहरु हुँदैछन् ।

मंगलबारको पहिलो तथा प्रतियोगिताको सातौं खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टारबीचमा खेल हँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । पहिलो र दोस्रो खेलमा जित निकालेको लुम्बिनी आजको खेलमा जित निकादै लगातार तेस्रो जित निकाल्न चाहन्छ ।

लुम्बिनी २ खेलमा ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

दुई खेल खेलेर अंक बिहिन पोखरा पहिलो जितको खोजीमा रहेको छ । पोखरा २ खेलमा अंक विहीन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।

आज नै हुने दोस्रो खेलमा काठमाडौं नाईट्स र जनकपुर रोयल्सबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ ।

दुई खेलमा लगातार दुई जित हात पारेको जनकपुर तेस्रो जितको खोजीमा रहेको छ । जनकपुर २ खेलमा ४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

दुई खेल खेलेर जित बिहिन विराटनगर पहिलो जितको खोजीमा रहेको छ । विराटनगर २ खेलमा अंक विहीन रहेर अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।

डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।

यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।

इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।

यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।