जनता टाइम्स

३ असार २०८२, मंगलवार २२:०९

सन्दीप लामिछानेले ४ विकेट लिदा स्कटल्याण्डमाथि नेपालले निकाल्यो जीत


काठमाडौं, ३ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई ९७ रनमा नै अलआउट गरेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्ड १९ ओभर ४ बलमा ९७ रनमा समेटियो। नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शनसामु घरेलु टोली पूर्णरूपमा असफल भयो। माइकल लिस्कबाहेक अन्य ब्याटरले दोहोरो अङ्क पनि जोड्न सकेनन् ।

स्कटल्याण्डका लागि माइकल लिस्कले सर्वाधिक ४७ रनको योगदान दिए। तर, बाँकी ब्याटहरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

नेपालका स्पीनर सन्दीप लामिछानेले सानदार प्रदर्शन गर्दै ४ ओभरमा मात्र ११ रन खर्चेर ४ विकेट लिए। बलिङतर्फ करण केसी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए भने ललित राजवंशीले १ विकेट लिए।