जनता टाइम्स

१३ पुष २०७९, बुधबार ०८:४८

नटिङघम फरेष्टको पोष्टमा युनाइटेडको तीन गोल


एजेन्सी, १३ पुस । इंग्लिस प्रिमियर लिग फुटबलको मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ । एकतर्फी भएको सो खेलमा युनाईटेडले नटिङघम फरेस्टलाई ३–० गोल अन्तरले हराएको हो ।

युनाईटेडको जितमा मार्कुस राषफोर्ड, एन्थोनी मार्सियल र फ्रेडले एक एक गोल गरे । खेलको १९ औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए । मार्सियलले २२ औं मिनेटमा गोल गर्दा युनाईटेड २(० ले अघि रह्यो ।

त्यसपछि खेलको ८७ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई ३(० को जित दिलाए । जितसँगै युनाईटेडले १५ खेलमा २९ अंक जोडेको छ । युनाईटेड पाँचौं स्थानमा रहेको छ ।

फरेस्ट १३ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।