काठमाडौं, फागुन १५ । सरकारले माओवादी जनयुद्ध र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दस वर्ष चलेको जनयुद्ध र त्यसपछि भएका जनआन्दोलनका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो ।त्यसअघि सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिकै दिन सरकारले जनयुद्धका सहिदहरुको नामावली सार्वजनिक गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्