काठमाडौं, २६ असार । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ४ बजे बस्ने गरी बोलाइएको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुने बताइएको छ । साथै, सरकारका काम कारबाही, सदनमा पार्टीको भूमिका र पछिल्लो समय आएको बाढी पहिरोको क्षति तथा राहत उद्धारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्