जनता टाइम्स

२३ श्रावण २०८०, मंगलवार २१:०३

टेलिकमको सञ्चालक समितिमा टोकराज पाण्डे नियुक्त


काठमाडौं, साउन २३ । नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा टोकराज पाण्डे नियुक्त हुनुभएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थ मन्त्रालयको तर्फबाट मन्त्रीस्तरीय निर्णय गरी पाण्डे टेलिकमको सञ्चालक समितिमा नियुक्त हुनुभएको छ ।

साउन १० गते नियुक्त भएका पाण्डेले साउन २२ मा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेपाल टेलिकमको सञ्चालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट एक जना सहसचिवलाई पठाउने व्यवस्था अनुरुप पाण्डेलाई पठाइएको हो।

पाण्डे हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुखसमेत रहेका छन ।