जनता टाइम्स

२९ श्रावण २०८०, सोमबार १८:५१

एसिया कपमा खेल्ने नेपाली क्रिकेट टीमलाई एमाले अध्यक्ष ओलीको शुभकामना


काठामाडौं, साउन २९। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसिया कप क्रिकेट खेल्ने नेपाली टिमलाई सफलताको शुभकामना दिनुभएको छ ।

यही अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म पाकिस्तान र श्रीलंकामा हुने एसिया कप २०२३ मा खेल्ने खेलाडीको अन्तिम नाम सार्वजनिक भएसँगै उहाँले छनोट भएका खेलाडीलाई शुभकामना दिनुभएको हो ।

भारत, पाकिस्तान र श्रीलंकाजस्ता देशका विश्व स्तरीय क्रिकेट टिमका खेलाडी विराट कोहली, रोहित शर्मा, हार्दिक पाण्डे, केएल राउलसँग नेपाली खेलाडीले खेल्ने भन्दै उहाँले खुसी व्यक्त गर्नुभएको छ । मेरो जानकारीमा आए अनुसार यो नेपालको अहिलेसम्मको बहु प्रतीक्षित खेल हुने छ, मेरो लागि पनि यी खेलहरू हेर्न छुटाउन नहुने खेलको सूचीमा छन्’, ओलीले सामाजिक सञ्जालमा लेख्न भएको छ ।

१७ सदस्यीय नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, करन केसी, ललित राजवंशी, भीम सार्की , कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल रहनु भएको छ । ‘उहाँहरू सबैलाई हार्दिक शुभकामना’, ओलीले लेख्नु भएको छ ।