काठमाडौं, असोज २४ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले इजरायलमा भएको हमास आक्रमणमा ज्यान गुमाएका १० जना नेपालीका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
मंगलवार बसेको मञ्चको सचिवालय बैठकले सो घटनाप्रति दुःख ब्यक्त गर्दै प्रतिपरिवार एक लाख रुपैयाँको दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
‘दक्षिणी इजरायलको किबुजमा गत ७ अक्टोबरमा प्यालेस्टानी बिद्रोहीसमुह हमासले गरेको आक्रमणमापरी ज्यान गुमाउन पुगेका नेपाली बिद्यार्थीहरुको परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँको दरले जम्मा १० लाख रुपैया सिंगो प्रवासी नेपाली मञ्च परिवारको तर्फबाट आर्थिक सहयोग गर्नेनिर्णय गरेका छौं,’ बैडकपछि अध्यक्ष सञ्जय थापा र सचिव हेम शेर्पाले बिज्ञप्ती जारी गरी भन्नुभएको छ ।
मञ्चले इजरायलमा भएको घटनाबाट देश र परिवारमा भएको अपुरणीय क्षतीलाई बेहोर्न नसकिएता पनि आफ्नो सानो सहयोगले पनि परिवारको पीडामा मलमपट्टी लगाउने बिश्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस्